नियम २०
निरीक्षण गर्ने व्यक्तिको काम कर्तव्य
(१) ऐनको अधीनमा रही कुनै व्यक्तिले
विस्फोटक पदार्थको निरीक्षण गर्दा गराउ“दा विस्फोटक पदार्थलाई गैर कानुनी तवरले
प्रयोग गरिनेबाट बचाउन र त्यसको उचित प्रयोग गर्नमा शुरुदेखि अन्तिम प्रयोगसम्म
बारम्बार रेखदेख गर्नु गराउनु पर्छ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्ने व्यक्तिले विस्फोटक पदार्थको चोरी
त्यस्तो वस्तु वा त्यसको प्रयोगसित सम्बन्ध भएको कुनै अपराध, इजाजतपत्र लिन र सो
लिएपछि त्यसको प्रयोगमा कुनै छलकपट भएमा वा शंका भएमा सो समेत जा“चबुझ गरी
त्यस्ता कुराहरू कसरी रोक्न सकिन्छ त्यसको सुझाव समेत दिनु पर्छ ।
(३) विस्फोटक पदार्थ सम्बन्धी कुनै कुरामा तत्काल कुनै रेखदेख, पक्राउ वा
अन्य प्रहरी कारबाई गर्न आवश्यक लागेमा त्यस्तो निरीक्षण गर्ने व्यक्तिले स्थानीय
अञ्चलाधीशलाई प्रतिवेदन दिनु पर्छ ।